बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिनिसियसले हारबाट जोगाए रियललाई

मङ्गलबार, १८ फागुन २०७७, ०६ : ३९
मङ्गलबार, १८ फागुन २०७७

खेलको अन्त्यतिर बराबरी गोल फर्काउँदै भिनिसियस जुनियरले रियललाई रियल सोसिसाडबिरुद्ध हारबाट जोगाएका छन् । रियलका लागि १ सयौँ खेलमा गोल गर्दै भिनिसियसले रियललाई एक अंक दिलाउन सफल भएका हुन् ।

पहिलो हाफमा नियन्त्रण बनाएको रियलका लागि मारियानो र राफायल भरानले दुई मिनेटको अन्तरमा गरेको प्रहार पोष्टमा लाग्न पुगेको थियो । दोस्रो हाफमा भने सोसिडाडले सुधारिएको प्रदर्शन गर्यो । पोर्टुले नाचो मानरियालको क्रसमा टोलीलाई अग्रता दिलाए ।

खेलको ६१ मिनेटपछि जिनेदिन जिदानले टोलीको फरवार्डमा तीनवटा परिवर्तन गरे । तीमध्ये एक भिनिसियसले लुकास भाज्क्वेजको क्रसमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै रियलको सबै प्रतियोगितामा पाँचको विजयी यात्रामा पूर्णविराम लागेको छ । त्यस्तै, टोलीले दोस्रो स्थानमा बार्सिलोनालाई उछिन्ने अवसर पनि गुमाएको छ । रियल सोसिडाड लिगको पाँचौ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप