राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै
राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्र्रीय कार्य व्यवस्था समितिको आजको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिए । बैठकले स्थानीय तह परिषद् तथा केन्द्रीय निर्वाचन समिति निर्देशिका पारित गरेको छ ।
निर्देशिकामा जिल्ला निर्वाचन समितिको गठन फागनु २५ गतेभित्र गरिसक्ने तथा सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ सम्म म्याद थप गर्ने उल्लेख छ । वडादेखि जिल्ला तहसम्मका इकाई समितिको गठन यही चैत मसान्तसम्ममा गरिसक्ने पनि उल्लेख छ ।
समायोजन गर्न बाँकी केही जिल्लाको सात दिनभित्र समायोजन गर्न नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र भास्कर भद्रालाई जिम्मेवारी दिइएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल