आगामी २२ गतेदेखि राजधानीमा महिला हस्तकला मेला आयोजना हुने
काठमाडौँ । आगामी फागुन २२ गतेदेखि २४ गतेसम्म राजधानीमा महिला हस्तकला मेला आयोजना हुने भएको छ । महिला उद्यमीको उत्पादन, हस्तकला सामाग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ महिला उद्यमी विकास समितिको आयोजनामा तीन दिन हस्तकला मेला आयोजना हुन लागेको हो ।
आगामी फागुन २२ देखि २४ सम्म सञ्चालन हुने उक्त मेलामामहिला उद्यमीहरुले उत्पादन गरेका फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्रीको प्रदर्शन गरिने आयोजक महासंघले जनाएको छ ।
मेलामा ५० भन्दा बढी कक्ष रहने र उक्त कक्षहरुमा उपत्यकाका महिला उद्यमीले निर्माण गरेका हस्तकलाका सामाग्रीहरु मात्र प्रदर्शनमा राखिने महिला उद्यमी विकास समितिकी संयोजक सवितासिंह महर्जनले रातोपाटीलाई जानकारी दिइन् ।
तीन दिनसम्म ललितपुरमा चल्ने उक्त मेलामा ललितपुर महानगरपालिका, ललितपुर हस्तकला सङ्घको समेत सहयोग रहेको महर्जनको भनाई छ । त्यसो त नेपाल हस्तकला महासङ्घको आयोजनामै विसं २०७८ वैशाख ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा बृहत हस्तकला मेला आयोजना समेत हुन लागेको छ ।
नेपालको हस्तकला विश्वमाझ चिनाउनका लागि हरेक वर्ष आयोजना हुने यस मेला गत वर्ष भने कोभिड–१९ का कारण रोकिन पुगेको थियो । तर, यस वर्षदेखि भने, मेलालाई क्रमिकरुमा निरन्तरता दिने आयोजक महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन