बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा प्रियंका आयुष्मानको रोमान्टिक अवतार

सोमबार, १७ फागुन २०७७, १३ : ४०
सोमबार, १७ फागुन २०७७

काठमाडौंँ । कोरोनाको कहरको समय बलिउडका धेरै सेलिब्रेटी माल्दिभ्स पुगेका थिए । छुट्टी मनाउन भन्दै उनीहरुले माल्दिभ्सको समुद्री किनारमा खिचिएका बिभिन्न तस्बिर समेत सार्वजनिक गरे । अहिले नेपाली अभिनेत्री प्रियंका कार्की पनि माल्दिभ्स पुगेकी छन् । कार्की छुट्टी मनाउन भन्दा पनि ‘जन्मदिन’ र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेकी हुन् ।

गत शनिबार उनको जन्मदिन परेको थियो भने फागुन महिनामै उनको म्यारिज एनिभर्सरी’ समेत परेको छ । पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्स पुगेकी उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् । तस्बिरमा प्रियंका र आयुष्मानको रोमान्स, जन्मदिन सेलिब्रेसन लगायत देख्न सकिन्छ । 

गत वर्षको फागुनमा विवाह गरेका प्रियंका र आयुष्मान कोरोना महामारीका कारण हनिमुनका लागि समेत निस्कन पाएका थिएनन् । त्यही भएर होला सायद उनीहरुले अहिले माल्दिभ्समा खुलेरै रोमान्स गरेको तस्बिरमा देख्न सकिन्छ ।


केही अगाडिसम्म नेपाली फिल्मकी नम्बर वान अभिनेत्री बन्न सफल प्रियंका म्युजिक भिडियोमा समेत फाट्टफुट्ट देखिने गर्छिन् । सामाजिक सञ्जालमा समेत निकै फ्यान पाएकी उनले सार्वजनिक गरेको माल्दिभ्सका  तस्बिरले अहिले राम्रै चर्चा पाइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप