शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दीपेन्द्रको ‘चिसो मान्छे’को छायाँकन सुरु

सोमबार, १७ फागुन २०७७, ११ : ४३
सोमबार, १७ फागुन २०७७

काठमाडौँ । फिल्म ‘चिसो मान्छे’को छायाँकन सुरु भएको छ । सोमबार बिहान ललितपुरको महालक्ष्मी मन्दिरमा शुभ साइत गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो ।
दीपेन्द्र के खनालको लेखन, छायाँंकन तथा निर्देशन रहने फिल्म शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । स्वस्तिमा खड्का, अर्पण थापाको मुख्य भूमिका रहने फिल्ममा  देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको अभिनय रहनेछ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, फिल्मका कलाकारलगायत सिमित ब्यक्तिको मात्र उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोर्ड अध्यक्ष दाहालले फिल्मको सफलताका लागि शुभकामना दिए । सुभाष भूषालको संगीत रहने यो फिल्म काठमाडाैं काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिचिने निर्देशक दीपेन्द्र के खनालले बताए ।
समाजका चिसो पात्रको रुपमा रहेका मानिसको कथा भन्ने फिल्मलाई घाममा नखिच्ने योजना दीपेन्द्रले बनाएका छन् । फिल्मको रिलिज मिति ११ भदौमा तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप