अवैध बालुवा चोरी निकासी गर्ने १० ट्याक्टर कारबाही
सोमबार, १७ फागुन २०७७, १० : ३७
बुटवल । कपिलवस्तु प्रहरीले गएराति अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १० वटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ जरिवाना गरेको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्वर १० विजगौराबाट डेरुवा पुलको ५० मिटर भित्र सर्त विपरित अवैध रुपमा बालुवा उत्खनन गरि चोरी निकासी गरिएको अवस्थामा वडा प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक ( सई ) अभय रावतको टोलीले नियन्त्रणमा लिई जरिवाना गरिएको जनाइएको छ ।