शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैङ्कको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

आइतबार, १६ फागुन २०७७, १९ : १७
आइतबार, १६ फागुन २०७७

काठमाडौं । सिद्धार्थ बैङ्क लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारी कर्मचारीको सहभागितालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो । 

सो प्रतियोगितामा देशभरबाट १२४ जना बैङ्कका कर्मचारीहरुले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधाहरुमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नतिजा आज सिद्धार्थ बैङ्कको प्रधान कार्यालय हात्तीसारमा एक समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा बैङ्कका अधिकांश कर्मचारीहरुले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेताहरूलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले पुरस्कार हस्तान्तरण गरे ।

उनले यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने र सबै कर्मचारीहरुलाई यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउन प्रोत्साहन गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप