कर्तव्य ज्यान मुद्दाका आरोपी १६ वर्षपछि पक्राउ
आइतबार, १६ फागुन २०७७, १७ : ५६
बुटवल । दाङमा कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीलाबहादुर खत्री रहेका छन् । खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले १५ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
उनी हालसम्म भारतको चण्डिगढमा लुकिछिपी बसिरहेका थिए । आइतबार घरमा आएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले तुलसीपुर १० राईखल्यानस्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवम् डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनलाई आजै दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार