शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिंक कम्युनिकेशन्सको सद्भावनादूतमा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा नियुक्त

आइतबार, १६ फागुन २०७७, १७ : ५५
आइतबार, १६ फागुन २०७७

काठमाडौं । ब्रोडब्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले पूर्व मिस नेपाल श्रृङ्खला खतिवडालाई यस कम्पनीको सद्भावनादूतका रूपमा नियुक्त गरेको छ । 

मिस नेपाल–२०१८ श्रृङ्खला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येका एक हुन् । वर्ल्डलिंक कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको बताए ।

उनले भने, ‘२५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा श्रृङ्खला खतिवडाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम विचार सँगै सुन्दरता अनि सामाजिक हितका लागि आप्mनो ऊर्जाशील समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यत्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आप्mनो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको वारेमा बजारमा सही जानकारीहरु प्रेसित गर्न सकिनेछ ।’

सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि खतिवडाले भनिन्, ‘नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति, वर्ल्डलिंकले गरेको मेहनतको म सराहना गर्दछु । यसको सद्भावनादूत हुन पाएकोमा निकै खुशी छु । वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पुर्याइरहेको संस्था पनि हो । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको  प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वर्ल्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ ।’

खतिवडा सन् २०१८ मा मिस नेपालको २३औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वल्र्ड–२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी ‘उत्कृष्ट बाह्रौ’ मा पर्न सफल भएकी थिइन् र उनलाई ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ विजेता पनि घोषित गरिएको थियो । यसबाहेक पनि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छिन् ।
 
सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भयो । उक्त कार्यक्रममा दिलीप अग्रवाल–अध्यक्ष, मनोज अग्रवाल, बोर्ड निर्देशक, केशव नेपाल–प्रमुख कार्यकारी अधिकृत र सुश्री श्रृङ्खला खतिवडा उपस्थित थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप