मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

आइतबार, १६ फागुन २०७७, १७ : ३७
आइतबार, १६ फागुन २०७७

काठमाडौं । ट्राफिक कारबाहीबाट बच्न खोज्नेहरुले दिएको घुस ‘चाहिँदैन’ भनेर अस्वीकार गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो । एक हजारभन्दा बढी घुस फिर्ता गर्ने ६ जनालाई नगदसहित सम्मान गरिएको ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

नगदसहित पुरस्कृत हुनेमा हवल्दार शम्भु विश्वकर्मा, जवानहरू अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम अवतार राम छन् । घुस लिन निरुत्साहित गर्ने महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीसहितका प्रहरी कर्मचारीलाई महाशाखाले सम्मान गरेको छ ।

साउनयता घुस अफर गर्ने ९४ जना चालकलाई ट्राफिक महाशाखाले कानुनी कारवाही गरेको छ । गत साउनयता घुस फिर्ता गर्ने ६५ जना प्रहरीलाई सम्मान गरिएको एसपी अधिकारीले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप