शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोलाई युभेन्टस् ल्याउनु गलत : कासानो

आइतबार, १६ फागुन २०७७, १६ : २८
आइतबार, १६ फागुन २०७७

क्रिस्टियानो रोनाल्डो भित्र्याएर युभेन्टस्ले गल्ती गरेको धारणा इटलीका पूर्व फरवार्ड एन्टोनियो कासानोले राखेका छन् । २०१८ मा रोनाल्डो युभेन्टस्सँग आबद्ध भएका थिए । उनले क्लबलाई युरोपेली च्याम्पियन्स लिग जिताउने आशा गरिएको थियो, तर यो लक्ष्य अझै पुरा भएको छैन । र, पाँच पटकका बेलोन डि अर विजेता रोनाल्डोलाई क्लबमा ल्याउनु गलत साबित भएको धारणा कासानोले राखेका छन् ।  

‘युभेन्टस्ले च्याम्पियन्स लिग जित्नका लागि उनलाई आबद्ध गरेको थियो । तर यस प्रतियोगितामा युभेन्टस्ले उनी आउनुभन्दा पहिले गरेजस्तो प्रदर्शन गर्न सकेको छैन,’ कासानोले भने,‘ युभेन्टस्ले उनी बिना नै सिरिए उपाधि जित्ने थियो । त्यसैले यो प्रोजेक्ट गलत भयो । उनले उत्कृष्ट प्रदर्शन र गोल गरिरहेका छन् । तर युभेन्टस्ले च्याम्पिन्स लिग जित्न नसकेसम्म उनी आउनुको महत्व साबित हुन्न ।’

३६ वर्षीय रोनाल्डोले क्लबमा आएयता दुईपटक सिरि ए उपाधि जितिसकेका छन् । उनी २०१९ मा सिरिए वर्ष खेलाडी पनि घोषित भएका थिए । यद्यपी, उनले क्लबका तर्फबाट खेलेका दुई च्याम्पियन्स लिगमध्ये दुई प्रतियोगिता खल्लो रह्यो । एकपटक युभेन्टस् क्वाटरफाइनलबाट बाहिरियो भने अर्कोपटक अन्तिम १६ बाटै बाहिरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप