शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटलको ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ संचालनमा

आइतबार, १६ फागुन २०७७, १४ : २२
आइतबार, १६ फागुन २०७७

काठमाडौं । प्रभु क्यापिटलले ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ संचालनमा ल्याएको छ ।  सहज तथा सुलभ ढंगबाट निरन्तर सेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना  ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ यहि आजबाट संचालनमा आउने क्यापिटलले जनाएको छ । 

ट्रिपल बेनेफिटअन्तर्गत डिम्याट लिँदा मेरो सेयर लगइन निःशुल्क पाइने क्यापिटलले जनाएको छ । त्यसैगरी, खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नुपर्ने सुविधा पनि क्यापिटलले दिएको छ । यस योजनाअन्तर्गत पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५०% डिस्काउन्ट मिल्ने छ । 

नयाँ डिम्याट खाता खोल्ने ग्राहक तथा नवीकरण गर्ने ग्राहकहरू यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न भई लाभ लिन सक्ने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप