कर्णाली प्रदेश मन्त्रिपरिषद बैठकः अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले दुईवटा अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । गत ४ फागुनमा बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै आइतबार सो कुराको जानकारी दिइएको हो ।
बैठकले दुई अध्यादेश जारी गर्न प्रदेश प्रमुख गोविन्द कलौनी समक्ष सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । बैठकले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो संशोधन) र प्रदेश लोकसेवा आयोग (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्न सिफारिस गरेको छ।
यस्तै बैठकले एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत गर्ने, बाढी पहिरो समस्या समाधान समितिमा पदाधिकारीहरू मनोनित गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको मन्त्री केसीले बताइन् । त्यस्तै कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति दिने र सामुदायिक क्याम्पस र बहुप्राविधिक शिक्षालयतर्फ विनियोजित बजेट रकम विद्यालयहरू समेतको पूर्वाधार विकासका लागि रकमान्तर प्रस्ताव स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीविकोपार्जनका लागि सिंगो गाउँ रित्याएर भारत छिर्यो वादी र कुमाल समुदाय
-
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युरोपा लिगमा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा