बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बर्षाजी, ‘कालीपुरुष’ छाड्नु हुन्न् नि ?

आइतबार, १६ फागुन २०७७, १३ : १७
आइतबार, १६ फागुन २०७७

काठमाडौँ । अभिनेत्री बर्षा सिवाकोटीका धेरै फिल्म त सुपरहिट भएका छैनन् । तर पनि उनलाई फिल्मको कहिल्यै कमी भएको छैन । एकपछि अर्काे फिल्म उनको हातमा परिरहेको छ । हालै पनि उनी फिल्म ‘कालीपुरुष’ मा अनुबन्धित भएकी छन् ।

अभिनेत्री सिवाकोटीको नाम फिल्ममा अनुबन्धित हुनेमा मात्र होइन धेरै फिल्म छोड्नेमा पनि अगाडि आउने गर्दछ । पछिल्लो समय उनले धेरै फिल्म छोडेकी छन् । ‘कालीपुरुष’मा अनुबन्धित हुनु अगाडि पनि उनले फिल्म ‘सुदुर’ छोडेकी थिइन् ।

‘नाई नभन्नु ल २’, ‘पशुपति प्रसाद’ जस्तो सफल फिल्ममा अभिनय गरेकी बर्षाले ‘सुदुर’ अगाडि पनि ‘मेरो पैसा खोई’, ‘गोपी’ जस्ता फिल्म छोडेकी थिइन् । फिल्ममा जोडिने र छोड्ने उनको बानीले हालै अनुबन्धित भएको ‘कालीपुरुष’ पनि छायाँकनसम्म उनले छोड्ने होकी भनेर आशंका गरेका छन् ।

‘कालीपुरुष’ छाड्नु त हुन्न् नि ? अहिले बर्षाको बिषयमा धेरैको मनमा उब्जिएको प्रश्न हो यो ।  हालै ‘परदेशी २’ को छायँंकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप