शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप फागुन २१ बाट सुरु हुने

शनिबार, १५ फागुन २०७७, २० : ४७
शनिबार, १५ फागुन २०७७

 
सिरहाको गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप २०७७ यहि फागुनबाट सुरु हुने भएको छ । गोलबजार नगरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा फुटबल क्लबहरुको सहभागिता रहने छ ।

शनिबार पत्रकार सम्मेलनमा नगर प्रमुख देवनाथ साहले युवाहरुको व्यक्तित्व विकासको लागि आफू निर्वाचित भएकै वर्षबाट खेलकुदको कार्यक्रमहरु गर्दै आएको बताए । उनले भने, ‘मैले यहाँका युवाहरुको व्यक्तित्व विकासको लागि हामीले खेलकुदमा योगदान गर्दै आएका छौं, त्यसैको एउटा कडी यो प्रतियोगिता हो ।’

उनले अहिले युवाहरु कुलतमा धेरै लाग्ने गरेको भन्दै त्यसमा कमी ल्याउन पनि यसले काम गर्ने बताए । फागुन २१ बट सुरु भइ २८ गते एक हप्तासम्म चल्ने नकआउट मेयर गोल्डकपमा गोलबजार प्रतिभा क्लब निलो र रातो, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपीएफ फुटबल क्लब काठमाडौं, हल्दीबारी फुटबल क्लब जलथल झापाको सहभागिता रहने छ ।
त्यसैगरी, एभरेष्ट फुटबल क्लब धरान सुनसरी, डाङीहाट फुटबल क्लब मोरङ्ग, गाईघाट फुटबल क्लब उदयपुर प्रतियोगितामा सहभागी रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरस्कारको लागि मात्र १० लाख ९६ हजार, ४ सय ४४ रुपैयाँ छुट्याएको आयोजकले जनाएको छ । खेलका लागि प्रथम ४ लाख ४ हजार ४ सय ४४, दोस्रो हुनेलाई २ लाख ७५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफिहरु प्रदान गरिने छ ।

त्यसैगरी, खेल अवधिभरको सर्वोत्कृष्ट पुरस्कार ३० हजार एकजनालाई, उत्कृष्ट खेलाडी पुरस्कार २० हजारका दरले ४ जनालाई, गोलबजार नगरक्षेत्रका उदीयमान एक जना खेलाडीलाई २ लाख ५० हजार बराबरको मोटरसाइकल, म्यान अफ दि म्याच ६ हजारका दरले ९ जनालाई दिने आयोजकले जनाएको छ ।

खेलको सम्पूर्ण व्यवस्थापनमा करिव ३९ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष सन्जिव लामाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप