शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युवराज सलमानमाथि अमेरिकाले औंला उठायो, साउदीले दियो यस्तो जवाफ

शनिबार, १५ फागुन २०७७, १२ : ११
शनिबार, १५ फागुन २०७७

पत्रकार जमाल खग्गोसीको हत्याको विषयमा अमेरिकी गुप्तचर रिपोर्टलाई साउदी अरबको सरकारले ठाडै अस्विकार गरेको छ । 

साउदी अरबको विदेश मन्त्रालयले यो विषयमा बयान जारी गरेको छ । यो बयानमा भनिएको छ, ‘साउदी सरकार जमाल खग्गोसीको मामिलामा अपमानजनक र गलत निष्कर्षसम्म पुगेको अमेरिकी रिपोर्टलाई ठाडो अस्विकार गर्दछ । हामी यो रिपोर्ट खारेज गर्दछौं । यो रिपोर्टमा गलत निष्कर्ष निकालिएको छ ।’

साउदी अरबको विदेश मन्त्रालयले भन्यो, ‘यो एक नकारात्मक र नक्कली रिपोर्ट हो । हामीले यो विषयमा पहिले नै भनिसकेका छौं कि यो एक संगीन अपराध थियो जसमा साउदी अरबको कानून  मूल्यको उल्लंघन गरिएको छ । हाम्रो सरकारले यो मामिलाको अनुसन्धानको लागि कडा कदम उठाएका थिए ता कि न्याय मिलोस् । यसमा समावेश मानिसहरुलाई दोषी ठहर गरियो र अदालतले उनीहरुलाई  सजाय पनि दिएको थियो । अदालतको सजायलाई जमाल खग्गोसीको परिवारले पनि स्वागत गरेको थियो । हामीले त्यो हरेक आवश्यक कदम उठाएका छौं जसले यस्तो अपराध पुनः नहोस् भनेर सुनिश्चित गर्न सकोस् ।’

साउदीको विदेश मन्त्रालयले भन्यो, ‘हामी ती हरेक कोसिस खारेज गर्दछौं जसले हाम्रो नेतृत्व, सम्प्रभुता र स्वतन्त्र न्यायिक व्यवस्थामा बाधा उत्पन्न गर्छ । अमेरिका र साउदी अरबबीचको साझेदारी पछिल्लो करिब आठ दशकदेखि बलियो रहँदै आएको छ । यो साझेदारी पारस्परिक आदर र हितमा आधारित छ । हामी यो इलाका र पूरा दुनियाँमा शान्ति स्थिरताका लागि काम गर्दछौं ।’

जमाल खग्गोसीको हत्या सन् २०१८ मा २० अक्टोबरमा भएको थियो । यो हत्या इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावास भित्र गरिएको थियो । यो मामिलामा साउदी प्रशासनले अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरेको थियो । 

अघिल्लो महिना जमाल खग्गोसीका छोराले उनले आफ्ना पिताका सबै हत्यारालाई माफी दिएको बताएका थिए । डिसेम्बर सन् २०१९ मा साउदी अबरको एक अदालतले यो मामिलामा पाँचजनालाई मृत्युदण्डको सजाय सुनाएको थियो र अन्यलाई २४–२४ वर्षको कैद सजाय सुनाएको थियो । 

साउदी अरबको विदेश मन्त्रालयले अमेरिकाको गुप्तचर रिपोर्ट अफसोसजनक छ र यो रिपोर्ट गलत निष्कर्षमा पुगेको बताएको छ । मन्त्रालयले भनेको छ, ‘यो रिपोर्ट अफसोसजनक छ । यसमा केही पनि वास्तविकता छैन । पूर्ण रुपमा गलत निष्कर्ष निकालिएको छ । साउदी अरक यो संगीन अपराधको विषयमा निकै गम्भीर छ र यस्तो अपराध पुनः नहोस् भनेर अत्यधिक कोसिस गरिरहेको छ । हामी आफ्नो नेतृत्वको विषयमा कुनै पनि पूर्वाग्रह ठाडो अस्विकार गर्दछौं ।’

अमेरिकाको गुप्तचर विभागले साउदी अबरका युवराज सलमान बिन मोहम्मदले नै निर्वासनमा रहेका साउदी पत्रकार जमाल खग्गोसीको हत्याको मञ्जुरी दिएको जानकारी दिएको थियो । 

बाइडेन प्रशासनले शुक्रबार गुप्तचर रिपोर्ट जारी गर्दै साउदी युवराजले अमेरिकामा बसिरहेका साउदी पत्रकार जमाल खग्गोसीलाई जिउँदै पक्रने वा मार्ने निर्णयलाई सहमति दिएको बताइएको छ ।

अमेरिकाले पहिलो पटक खग्गोसीको हत्याको विषयमा सिधा रुपमा साउदी युवराजको नाम लिएको हो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप