सुर्खेतमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, मृतकको पहिचान हुन सकेन
शनिबार, १५ फागुन २०७७, ११ : ५६
सुर्खेत । स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगरको टेम्पुपार्क स्थित कर्णाली राजमार्गमा बाङगेसिमलबाट एरिचोकतर्फ जाँदै गरेको नम्बर नखुलेको (सेतो कलरको स्कारपियो डबल क्याप) ले ठक्कर दिँदा नामथर वतन नखुलेको बर्ष अन्दाजी ५०(५५ को पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिइ घाईते भएका पुरूषको उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा घाइतेको मृत्यु भएको हो ।
मृतकको आफन्तजनहरु हालसम्म (शनिबार विहान १० बजे) सम्पर्कमा कोही पनि नआएको प्रहरीको भनाइ छ ।
शव चिन्नुहुने आफन्तजनहरु सनाखतको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा