लामो समयसम्म कम्युटरमा काम गर्दा हुनसक्छ 'कार्पल टनल सिन्ड्रोम'
लामो समयसम्म कम्युटरमा बसेर काम गर्दा सामान्यताः हात, कम्मरमा समस्या आउँछ । निरन्तर कम्युटरमा काम गर्दा धेरै कम्युटर स्क्रिनमा हेर्ने गर्दा आँखा, हड्डी र शरीरका मांशपेशीमा पनि समस्या पुग्छ ।
यसैबीच, कम्युटरमा लगातार काम गर्दा आउने अर्को समस्या हो, कार्पल टनल सिन्ड्रोम (carpal tunnel syndrome) । यो समस्या हात र नाडीमा हुने दुखाई हो । ८ देखि ९ घण्टासम्म निरन्तर काम गर्दा हुने अर्को समस्या सर्भाइकल स्पोन्डिलोसिस हो । अनुसन्धानका अनुसार इन्टरनेतको लत, सामाजिक सञ्जालको प्रयोग र निरन्तर कामको दबाबका कारण नै यस्ता समस्याहरु पैदा हुन्छ ।
भारतको नेशनल विमेन्स हेल्थ इन्फोर्मेशन सेन्टरले गरेको एक अनुसन्धानका अनुसार कार्पल टनल सिन्ड्रोमको जोखिमको कारण कम्युटरमा बसेर गरिने तिनै गतिविधिहरु हुन् ।
हात र नाडीमा हुने दुखाई अर्थात कार्पल टनल सिन्ड्रोम (carpal tunnel syndrome ) भएमा औषधि खानुपर्ने चिकित्सकहरु बताउँछन् । कार्पल टनल हड्डी र नाडीमा हुने समस्या हो । यो औंलाहरु, माझी औंला र चौँथो औंलासँग जोडिएको हुन्छ । यसमा औंलाहरु सुन्निने, कमजोरी हुने, झन्झनाउने गर्छ । यसले गर्दा हातले काम गर्न निकै गाह्रो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी