शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टाभित्र थप ११२ जनामा कोरोना संक्रमण

शुक्रबार, १४ फागुन २०७७, २२ : ४५
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ । 

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ५४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने  ९३६ जना आइसोलेसनमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप