बिएन्डबी अस्पतालले बाल सघन उपचार कक्ष सुभारम्भ गर्यो
काठमाडौं । बिएन्डबी अस्पताल ललितपुरले बाल सघन उपचार कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । बिएन्डबी अस्पतालमा सुविधा सम्पन्न बाल सघन उचार कक्षको अस्पतालका निर्देशकद्धय प्रा.डा. जगदिशलाल वैद्य र प्रा.डा.अशोककुमार बाँस्कोटाले फागुन १४ गते अर्थात शुक्रबार उद्घाटन गरेका हुन् ।
अस्पतालले आप्mनो सेवा विस्तार गर्ने कार्यक्रम अन्र्तगत बाल सघन उपचार कक्ष सञ्चालनमा ल्याएको हो । शुक्रबारबाट बिएन्डबी अस्पतालले सुविधा सम्पन्न १० बेडको एन आइसियु सञ्चालन ल्याएको छ । बिएन्डबी अस्पतालले अब बालबालिका सम्बन्धी सम्पूर्ण रोगको उपचार उदेश्यले बाल सघन उपचार कक्ष सञ्चालनमा ल्याएको हो । यस बाल उपचार कक्षले बाल मृत्यु दरलाई रोक्न अहम भूमिका खेल्ने अस्पतालले जनाएको छ ।
बिएन्डबी अस्पतालमा जन्मेका केही बच्चालाई अन्य अस्पतालमा लगेर उपचार गर्नुपर्ने बाध्यता अबदेखि हटेको अस्पतालका निर्देशक प्रा.डा. जगदिशलाल वैद्यले बताए । सुत्केरी यस अस्पतालमा भएपनि कुनै महिलाले महिना नपुग्दै बच्चा जन्माउँदा बच्चा बिरामी भएको खण्डमा अन्य अस्पतालमा लगेर महिनैसम्म उपचार गराउनुपर्ने बाध्यता हटेको समेत उनले सुनाए ।
अब आमासँगै बच्चाहरूलाई पनि विशेषज्ञ टोलीले सेवा दिन सक्ने उनको भनाइ छ । बिएन्डबी अस्पतालले अन्य रोगका बिरामीलाई झैँ बाल रोगीलाई पनि गुणस्तरीय सेवा उपलब्ध गराउने निर्देशक प्रा.डा.अशोककुमार बाँस्कोटाले बताए ।
कोरोना महामारी कालमा बिएन्डबी अस्पतालले सर्वसाधरणलाई स्वास्थ्य सेवा सहजमा उपलब्ध गराएको उनले सुनाए । महामारी कालमा अस्पताललाई आर्थिक रुपमा कठिनाइ आएपनि स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाइपाई आएको तलब समयमै उपलब्ध उनको भनाइ थियो ।
अस्पतालले सर्वसाधारणका लागि स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवा दिँदै आएकाले आगामी दिनमा पनि सघन बाल उपचार कक्षबाट थप स्तरिय र प्रभावकारी सेवा दिने उनको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी