बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैङ्कका ग्राहकहरुलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १०% सम्मको छुट

शुक्रबार, १४ फागुन २०७७, १४ : ०२
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । सिद्धाथ बैङ्क लिमिटेड र काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थित त्रिसारा रेस्टुरेन्ट एन्ड बार बीच बैङ्कका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार बैङ्कका ग्राहकहरुले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्पmत खाना तथा बेभरेजका लागि भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप