उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट
धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फछ्र्योट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ । यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ ।
विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको अदालतद्वारा आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष्ट्रार खगराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत वर्षबाट सरिआएको एक हजार ६८२ मुद्दा र चालु आर्थिक वर्षको दुई हजार ५५१ गरेर कूल चार हजार २३३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको छ । उनले धेरै मुद्दाको चाप भए पनि जनशक्ति अभावका कारण लक्ष्यको तुलनामा मुद्दा फछ्र्योट हुन नसकेको बताए । रजिष्ट्रार अधिकारीले गरिब तथा विपन्न वर्गको कानूनी रक्षा गर्न अदालतले निःशुल्क कानून व्यवसायी उपलब्ध गराएको जानकारी दिए । उच्च अदालतमा अहिले ५६ जना जनशक्ति कार्यरत छन् भने ९६ जनाको दरबन्दी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट