बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शर्मिला टेगोरले अहिलेसम्म हेरेकी छैनन् सैफ अली खानका कान्छो छोरा

शुक्रबार, १४ फागुन २०७७, ११ : १२
शुक्रबार, १४ फागुन २०७७

सैफ अली खान र करिना कपुर खानले हालै आफ्नो कान्छो छोरालाई स्वागत गरेका छन् । करिना र सैफका छोराको जन्म २१ फेब्रुअरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भएको थियो ।

थुप्रैलाई सैफ अली खानले कान्छो छोराको नाम के राखे होलान् भन्ने खुल्दुली छ । यता सैफले भने आफ्नो बच्चाको नाम अहिलेसम्म पनि नराखेको जानकारी दिएका छन् । साथै उनले करिना र आफ्नो बच्चा ठिक रहेको पनि बताएका छन् । स्पटबोयका अनुसार सैफ अली खानका एक नजिकका साथीले उनकी आमा शर्मिला टेगोरले अहिलेसम्म उनको छोरालाई नहेरेको बताएका छन् । उनले भने, ‘कोभिडलाई ध्यानमा राखेर शर्मिला जीलाई दिल्लीबाट मुम्बई आउने अनुमति छैन, यस्तोमा उनले आफ्ना नातीलाई हेर्न थोरै प्रतीक्षा गर्नुपर्नेछ ।’

भाइलाई हेरविचार गरिरहेका छन् तैमुरः

सैफ र तैमूर हाल बच्चासँग आफ्नो समय व्यतित गरिरहेका छन् । यसबारे सैफ अली खानसँग जोडिएको एक स्रोतले भन्छ, ‘तैमुर आफ्ना भाइका लागि निकै रक्षात्मक छन् । ऊ बच्चाको अगाडि बसेर उसलाई निकै खुसी भएर हेर्छ ।’

स्मरण रहोस्, सैफ अली खानले करिना र बेबीसँग समय बिताउनका लागि केही समयको छुट्टी लिएका छन् । त्यसपछि उनी प्रभासको फिल्म आदिपुरुषको सुटिङ गर्नेछन् ।

करिनालाई यो कुराको डरः

करिना र सैफले बच्चाको नाम के राखे होलान् भनेर सोसल मिडिया प्रयोगकर्ताले बच्चा जन्मिएदेखि नै सुझाउन सुरु गरेका थिए । यद्यपि, सुत्केरी हुनु अघि दिएको एक अन्तरवार्तामा करिना कपुर खानले तैमुरको नाममा विवाद भएपछि आफू निकै डराएको र आफ्नो नयाँ बच्चाको नाम चाँडै नै सार्वजनिक नगर्ने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप