शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतका कारण फेरि समस्यामा ऋतिक रोशन

शुक्रबार, १४ फागुन २०७७, १० : २१
शुक्रबार, १४ फागुन २०७७

अभिनेता ऋतिक रोशन एक पटक फेरि अभिनेत्री कंगना रनौतका कारण समस्यामा आएका छन् । कंगनाले दायर गरेको मुद्दामा अपराध शाखा मुम्बईले ऋतिक रोशनलाई सूचना दिँदै शनिबार बयान दिनका लागि बोलाएको छ । 

ऋतिक रोशनले शनिबार अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स यूनिटमा आफ्नो बयान दिनुपर्ने छ । सन् २०१६ मा ऋतिक रोशनले कंगनाको अकाउन्टबाट १०० भन्दा बढी ईमेल पठाएको भन्दै मुद्दा दायर गराएका थिए । सोही मुद्दामा चेकजाँच चलिरहेको छ । 

कंगनाले ऋतिकले मेल पठाएको आरोप लगाउँदै आएको समयमा ऋतिकले मेल नपठाएको भन्दै कंगनामाथि छानबिन गर्न भन्दै मुद्दा दायर गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप