औषधि विभागका अधिकृत घुससहित पक्राउ
शुक्रबार, १४ फागुन २०७७, ०८ : ०६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ ।
आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको हो ।
करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेनरिक क्लासेनको त्यो दुर्भाग्यपूर्ण क्षण !
-
छुट्टाछुट्टै प्रदर्शनले काठमाडौँका कुन-कुन स्थानमा हुँदैछ यातायात प्रभावित ?
-
काठमाडौँका सीडीओले भने– ‘प्रदर्शनस्थल बाहेक अन्यत्रको जनजीवनमा असर पर्दैन’
-
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
-
दुई पक्षीय प्रदर्शनमा कति प्रहरी परिचालन ?
-
तीनकुनेमा ठडिँदै राजावादीको मञ्च (तस्बिरहरू)