प्रधानमन्त्री ओलीका दुई रणनीति
शुक्रबार, १४ फागुन २०७७, ०७ : ४७
तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् ।
प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्न अवस्था रहँदैन ।
ओलीका निकटस्थका अनुसार उनको पहिलो रणनीति आफूले गरेको त्यही तर्कलाई पुष्टि गर्नु नै हो ।
ओलीको यो पहिलो रणनीति सफल भएन भने उनले प्रधानमन्त्री बन्न देउवालाई प्रस्ताव गर्ने दोस्रो रणनीति तयार पारेका छन् । देउवा प्रधानमन्त्री बन्दा कांग्रेससँगै ओलीतिरका सांसद पनि भोट हाल्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितुको ‘ज्वाइँ साब’ ओटीटीमा
-
६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर
-
नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड
-
‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन, ट्रेलर पनि सार्वजनिक
-
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
-
बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री