पाँच पटकसम्म चेक बाउन्स, बैंकिङ कसुरमा पक्राउ
दाङ । बैंकिङ कसुरमा प्रहरीले प्युठान नगरपालिका–७, पुण्य खोलाका सन्तोष विकलाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–२ बराखुटी, निवासी भरतबहादुर विश्वकर्माले जग्गा बिक्री बापतको रकम १८ महिना बित्दा पनि नपाएको भन्दै प्रहरीमा सन्तोषविरुद्ध उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा उच्च अदालतले सन्तोषविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालका अनुसार बैंकिङ कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको छ । सन्तोषले पाँच पटकसम्म चेक काटेर दिएको तर पाँचै पटक चेक बाउन्स भएपछि भरतबहादुरले आफू ठगिएको महसुस गरी प्रहरीमा उजुरी दिएको डिएसपी रिजालले जानकारी दिए ।
रिजालका अनुसार लमही नगरपालिका–१ मा रहेको जग्गा २०७६ मंसिरमा भरतले सन्तोषलाई बेचेका थिए । जग्गा खरिद गर्दा सन्तोषले केही रकम दिए पनि बाँकी रकम केही दिनमै दिने सहमति भएको थियो । १८ महिनासम्म पनि जग्गा रकम नपाउँदा भरतले उजुरी दिएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु