बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा पक्राउ

बिहीबार, १३ फागुन २०७७, २१ : १९
बिहीबार, १३ फागुन २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै रु ५० हजार घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको हो । 

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप