शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्याञ्जु मेयरहरुको अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित

बिहीबार, १३ फागुन २०७७, २० : १७
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु अन्तर्राष्ट्रिय मेयरहरुको छाता संगठनको अध्यक्षमा निर्वाचित भएका छन् । 
‘युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक , साउथ एण्ड साउथ वेस्ट एसियाको अध्यक्षमा व्याञ्जु निर्वाचित भएका हुन् । 
विहीबार भर्चुअल माइमबाट सम्पन्न युसीएलजी कंग्रेसबाट मेयर ब्याञ्जु अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 
नगरपालिकाहरुको अन्तर्राष्ट्रिय संघ युसीएलजी एस्प्यासमा विभिन्न देशका ५४ वटा स्थानीय सहर तथा संघ आवद्ध रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप