शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेकपा’ नामको विवादको सुनुवाई सकियो, फागुन २० मा फैसला

बिहीबार, १३ फागुन २०७७, १८ : ३४
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विषयमा परेको रिटमाथिको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतले सो मुद्दामा फागुन २० मा निर्णय सुनाउने भएको छ ।  ऋषि कट्टलेले दुई बर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग बिरुद्ध परेको सो मुद्दाको सुनुवाई बिहिबार सकिएको हो । 

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहिबार अन्तिम सुनुवाई सकिएपछि २० गते मात्रै निर्णय सुनाउने जानकारी दिएको निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले बताए । 

आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।  कट्टेलले कोष्टभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप