बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको सस्तो इलेक्ट्रिक कार जसले टेस्लालाई दिइरहेको छ टक्कर

बिहीबार, १३ फागुन २०७७, १६ : ४७
बिहीबार, १३ फागुन २०७७

चीनमा ४,५०० डलर (५ लाख २० हजार) मा बिक्रि हुने एक बजेट इलेक्ट्रिक कार टेस्ला कम्पनीको अपेक्षाकृत बढी महँगो कारलाई कडा टक्कर दिइरहेको छ ।

यो कारलाई चीनको सरकारी स्वामित्व भएको कम्पनी एसएआइसीले तयार गरेको हो । यो चीनको कार बनाउने सबैभन्दा ठूलो कम्पनी हो ।

यो कारलाई अमेरिकाको ठूलो कार कम्पनी जनरल मोटर्ससँग मिलेर तयार गरिएको हो । यो कम्प्याक्ट कारको नाम –हङ्ग गुआंग मिनी ईवी हो ।

अघिल्लो महिना यो कारको बिक्री चीनमा टेस्लाको कारको बिक्रीको तुलनामा करिब दोब्बर थियो । ४,५०० डलरमा पाइने यो कार कम्पनीको सबैभन्दा लोकप्रिय मोडल हो । जबकी एयर कन्डिसनसहित पाइने अपग्रेड मोडलको मूल्य ५ हजार डलरभन्दा थोरै बढी छ ।

यो कारको मार्केटिङ ‘मानिसहरुको आफ्नै यातायात साधन’ को रुपमा गरिँदैछ ।

कार विशेषज्ञका अनुसार हुन त ब्याट्री, रेन्ज र परफर्मेन्सको मामिलामा टेस्लाभन्दा निकै पछाडि छ तर यसको मूल्य र सुविधाले यसलाई चीनको सबैभन्दा धेरै बिक्री हुने कार बनिरहेको छ ।

यो कार चीनमा अघिल्लो वर्ष लञ्च भएको थियो । यसको बेस मोडलको अधिकतम गती सय किलोमिटर प्रति घण्टा ट र यसमा चारजना सँगै बस्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप