मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सोनम कपुरले सोधिन् भारतमा कहिलेदेखि लगाइन्छ कोभिड भ्याक्सिन, भइन् ट्रोल

बिहीबार, १३ फागुन २०७७, १२ : ५६
बिहीबार, १३ फागुन २०७७

कोरोनाभाइरसको खतरा अहिलेसम्म पनि यथावत् छ । भारतमा एकपटक पुनः कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । अर्कोतर्फ भारतमा कोरोनाको खोप पनि तीब्र रुपमा लगाइँदैछ । भारतमा कोरोनको भ्याक्सिन दोस्रो चरणमा १ मार्चदेखि ६० वर्ष र सोभन्दा माथि उमेरसमूहलाई खोप दिइनेछ । केन्द्रीयमन्त्री प्रकाश जवाडेकरले बुधबार यसबारे जानकारी दिएका हुन् ।

सोनमले सोधिन् यस्तो प्रश्नः

यी सबका बीच नायिका सोनम कपुरले सोसल मिडियामा भ्याक्सिनबारे प्रश्न सोधिन् । सोनमले लेखिन्, ‘कसैले मलाई बताउन सक्नुहुन्छ हाम्रा हजुरबुवा–हजुरआमा, आमा बुवाले कसरी भ्याक्सिन लगाउन सक्नुहुन्छ र यो कहिले उपलब्ध छ ? म असाध्यै अलमलमा छु । सबैले आ–आफ्नै कुरा गरिरहेका छन् । म साँच्चै नै उहाँहरुका लागि यस्तो चाहन्छु ।’

यो ट्वीटका लागि सोनम कपुरलाई असाध्यै ट्रोल गरिँदैछ । धेरै मानिसहरुले उनलाई सरकारी साइटमा हेर्न भनिरहेका छन् । कतिले उनलाई समाचार हेर्न पनि भनिरहेका छन् । कतिले प्रकाश जावडेकरद्वारा गरिएको घोषणाबारे पनि उनलाई जानकारी दिए ।

प्रयोगकर्ताले यसरी दिए प्रतिक्रियाः

एक प्रयोगकर्ताले लेखे, ‘तपाईंको फोनमा गुगल छैन र ?’

यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘तपाईंले पत्रिका पढ्नुपर्छ र सरकारी योजनाबारे जानकारी राख्नुपर्छ ।’

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘तपाईंले धेरै मानिसको धेरैथरी कुरा सुनिरहेको  छु भन्नुहुन्छ, फेरि ट्वीटरमा यो पोस्ट गरेर कतिथरी कुरा सुन्न चाहनुहुन्छ ?’

यस्तै अर्का प्रयोगकर्ता लेख्छन्, ‘कमन सेन्सको प्रयोग गर्नुहोस् र आधिकारिक साइटमा जानुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप