शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँदैछन् सेयर ?

बुधबार, १२ फागुन २०७७, १८ : ३४
बुधबार, १२ फागुन २०७७

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपी आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । 

संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो । 

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । 

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका छुट्टिएको थियो भने, बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढि माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग ले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप