बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निफ्राको सेयर भाउ शतप्रतिशत घटेपछि बजारमा हल्लीखल्ली

बुधबार, १२ फागुन २०७७, १२ : ३४
बुधबार, १२ फागुन २०७७

टिएमएसमा गडबढ देखाउँदा नेप्से सूचक भारी अङ्कले घटेको छ । नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर भाउ शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चिएको छ ।  यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन् ।

कुनै पनि कम्पनीको भाउ एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ शतप्रतिशत  घटेको देखिएको छ  । यसले निफ्राको भ्यालू शून्य भएको जनाउँछ । अनलाइन प्रणालीमा गडबढी हुँदा यस्तो देखिएको हो ।

टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैङ्कको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ । बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैङकको शेयरमूल्य शतप्रतिशतले घटेपछि लगानीकर्तामा भ्रम पैदा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप