बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन

बुधबार, १२ फागुन २०७७, १२ : ०५
बुधबार, १२ फागुन २०७७

कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिका सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर छन् भने सचिवमा शकुन आँसु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन रहेका छन् । त्यस्तै सदस्यमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुष्मा रानाहँछा, सुनिलदिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् । 

आदिवासी जनजातिको मौलिक सभ्यता निर्माण र मौलिक दर्शनशास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले दक्षिण कोरियामा पनि महासङ्घको समिति गठन गरिएको संयोजक  पोमु र सचिव आँसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप