सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरेन्द्रनगरमा दिपावली
मङ्गलबार, ११ फागुन २०७७, २१ : १५
सुर्खेत । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि सुर्खेतमा खुसियालीसहित दिपावली मनाइएको छ । ‘प्रचण्ड–नेपाल’ समर्थक नेताहरुले प्रदेश राजधानी वीरेन्द्रनगरको वीरेन्द्र चोकमा दीप प्रज्जवलनसहित खुसियाली मनाएका हुन् ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश सभाका सांसदहरु, विद्यार्थी नेता तथा स्थानीय नेता, कार्यकर्ताहरु सहभागी भएका थिए । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको सांसद सुशीलकुमार थापाले जानकारी दिए ।
उनले अदालतको यो फैसला ऐतिहासिक जित भएको भन्दै प्रतिक्रिया दिए । विद्यार्थी नेता सपना आरशीले ओलीको कदम असंवैधानिक भएकाले अदालतले गरेको फैसला जनताको पक्षमा भएको बताइन् । ‘यो जीत सबै नेपाली जनताको हो,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने