सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको छ : उपेन्द्र यादव
मङ्गलबार, ११ फागुन २०७७, १८ : ४१
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि अध्यक्ष यादवले रातोपाटीसँग प्रतिक्रिया दिँदै सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र बलियो छ,’ उनले भने ।
संसद पुनःस्थापनाले देश एउटा ट्रयाकमा फर्केको बताउँदै उनले संसद सुचारु भएपछि असहमति र असमझदारीको विषयमा छलफल गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात