
संसद पुनःस्थापना भए के आकाश खस्छ ? पृथ्वी भासिन्छ ? : मन्त्री रायमाझी

नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना नहुने दावी गरेका छन् ।
मंगलबार ओली निकट युवा संघ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्वाइन्ट एक प्रतिशतले प्रतिनिधि सभा पुनःस्थापना भएपनि आकाश भने नखस्ने बताए ।
‘९९.९ प्रतिशत पुनःस्थापना हुँदैन । यदि प्वाइन्ट १ प्रतिशतले पुनःस्थापना नै भएपनि के आकाश खस्छ ? पृथ्वी भासिन्छ ?’, रायमाझीको प्रश्न छ ।
उनले प्रतिनिधि सभा पुनःस्थापना भएपनि माधव–प्रचण्डमात्रै नभइ सांसद टोपबहादुर र महेश बस्नेत पनि सांसद हुने बताए । उनले यदि प्रतिनिधि सभा पुनःस्थापना नै भएपनि फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने दावी समेत गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ