
प्राध्यापक श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर

वरिष्ठ वामपन्थी बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठ गम्भीर रुपमा अस्वस्थ्य भएका छन् ।
केही दिनअघि अचानक मुटुको चाल बन्द भएर बेहोस भएपछि उनलाई आकस्मिक रुपमा उपचारार्थ मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
डाक्टरहरुको अथक प्रयत्न पश्चात उनकोे मुटुको चाल त फर्किएको छ । तर हालसम्म पनि पूर्ण रुपमा होस भने खुल्न सकेको छैन । हाल प्राध्यापक श्रेष्ठको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
नेपाली वामपन्थी आन्दोलनका अग्रज तथा समग्र वामआन्दोलनमै मार्गदर्शक व्यक्तिको हैसियत राख्ने श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि नेपालका वामपन्थी राजनीतिज्ञहरु एवं सरकारले समेत हालसम्म सम्पर्क र चासो नराखेको बुझिएको छ ।
प्राध्यापक श्रेष्ठ मुख्यतः मृगौलाको समस्याले पीडित छन् । उनको डायलिसिस विधिबाट लामो समयदेखि उपचार हुँदै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ