ad
केन्द्रीय संस्करण

दुई महिनादेखि रक्तपातहीन युद्धमा छौँ : अध्यक्ष प्रचण्ड

person explore access_timeफागुन ११, २०७७ chat_bubble_outline0

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान अपहरण भएकाले २ महिनादेखि रक्तपातहीन युद्धमा रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार र संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्ने कदमका विरुद्ध आफूहरु शान्तिपूर्ण र रक्तपातहीन युद्धमा लाग्नुपरेको बताए । 

उनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दाको फैसला आउने अन्तिम चरणमा रहेको भन्दै त्यो फैसलाले अवको कुनैपनि बेला संविधान मिच्ने कदम सच्चिने र संसद पुनःस्थापना हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए । 
‘अहिले हामी गएको पुस ५ देखि अर्को युद्धमा छौँ । जव संसदलाई संविधानको मर्म र भावनाविपरित विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरियो त्यसका विरुद्ध युद्धमा छौँ, तर रक्तपातहीन र शान्तिपुर्ण युद्धमा’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.