
प्रधानमन्त्री ओलीको कदमको विरोधमा आज पनि प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा मंगलबार पनि राजधानीमा प्रदर्शन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –माधव समूह निकट विभिन्न संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
राजधानीको शान्तिबाटिकामा भएको प्रदर्शनमा प्रचण्ड–नेपाल निकट आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन लगायतको सहभागिता रहेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ