
ओलीको स्वेच्छाचारिता अन्त्यको लागि पनि चुनाव आवश्यकः कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।
संसद विघटन सम्वन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव उचित हुने विचार व्यक्त गरे।
प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक भएको थापाको भनाइ छ ।
‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन काँग्रेसलाई जनताको म्यान्डेट थिएन, काँग्रेसले सत्ताको लोभ देखायो भने काँग्रेस पनि जनताको नजरबाट खस्नेछ’, उनले भने ।
गृहजिल्ला मकवानपुरमा टोल–टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले आज हेटौंडा–१३ स्थित पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए।
थापाले विगत १४ वर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए। स्वाधीन ,सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए ।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बिदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ