
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ३९ वर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् । राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना भएलगत्तै प्रहरी चौकी बाघखोर तथा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । राईलाई दमक नगरपालिका २ स्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ