शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निफ्राको सेयरमा पहिलो पटक नकारात्मक सर्किट

मङ्गलबार, ११ फागुन २०७७, १३ : २३
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यसको सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा नेगेटिभ सर्किट लागेको हो ।

मंगलबार बजार खुल्ने वित्तिकै बैंकको शेयर बढेर प्रति कित्ता ६ सय ९३ रुपैयाँ पुगेको भएपनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयर मूल्य ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँमा झरेको थियो । मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भएपनि खरिद गर्ने लगानीकर्ता भने शून्य छन् । 

यो समाचार तयार पार्दासम्म (१ः२ बजे) सम्म सेयर बजारमा ८४ अंकको गिरावट छ । सबै समूह ओरालो लागेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप