शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भित्रियो बहुप्रतिष्ठित निशान ‘म्यागनाइट’ सुपर कार, यस्ता छन् फिचर्स

मङ्गलबार, ११ फागुन २०७७, १२ : ५८
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । बहुप्रतिष्ठित विश्व ब्रान्ड निशानको सुपर कार म्यागनाइट १.० नेपाली बजारमा भित्रिएको छ । लामो प्रतिक्षापछि हालैमात्र नेपाली बजारमा भित्रिन सफल म्यागनाइट १.० लाई निशान गाडीका लागि नेपालको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनी पायोनियर मोटोकर्पले भित्र्याएको हो । 

कम्पनीले सोमबार साँझ एक भव्य समारोहका बीच करिश्म्याटिक एसयूभी निशान म्यागनाइट सार्वजनिक गरेको हो । भारतीय बजारमा निकै राम्रो बजार लिन सफल म्याग्नाइट नेपाली अटो बजारमा समेत व्यग्र प्रतिक्षाको एसयूभी कार मानिएको छ । 

त्यसो त मूल्य र विशेषताका हिसाबले पनि म्यागनाइट बजारमा स्थापित हुने अनुमान गरिएको छ । १.० नेचुरल्ली एस्पायर्ड दुई इन्जिन अप्सनमा उपलब्ध म्यागनाइटलाई कम्पनीले न्यूनतम २९ लाख ४९ हजार रुपैयाँमै उपलब्ध गराएको छ । भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनलाई ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध रहनेछ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

यसको अतिरिक्त फिचर्समा नेचुरल्ली एस्पायर्ड इन्जिनमा एक्सई, एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोनमा उपलब्ध रहेको छ । १.० टर्बो इन्जिनमा एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोन भेरिएन्ट उपलब्ध हुनेछ ।

त्यस्तै, सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध रहेका छन् । भने, म्यागनाइट १.० का सबै भेरियन्टमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ । जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी रहेको छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले उपलब्ध गराइएको छ ।

यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ । सेफ्टि फिचर्समा म्यागनाइट १.० मा डुअल (दुई वटा) एयरव्याग उपलब्ध रहेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप