बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

मङ्गलबार, ११ फागुन २०७७, १० : २९
मङ्गलबार, ११ फागुन २०७७

महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए ।

खरेलले रातोपाटीसँग कुराकानी गर्दै आफ्नो र सरकारको बदनाम गर्नका लागि दुश्प्रचार गरिएको जिकिर गरे । ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैन,’ खरेलले भने ।

संवैधानिक इजलासमा खरेल सहित ११ जना सरकारी वकिलले विघटनको पक्षमा बहस गरेका थिए । खरेलले आफुविरुद्ध कुनामा बसेर षडयन्त्र गरिएको बताउँछन् । उनले भने–‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप