
पत्थरी हटाउन करेलाको रस

शरीरमा आउने विभिन्न सानादेखि ठूला समस्याको समाधानका लागि करेलाको सेवन उपयुक्त हुन्छ ।
पेटसम्बन्धी समस्याबाट टाढा रहनका लागि करेला लाभदायक मानिन्छ । करेलाको पात, करेलाको बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
घाउ लागेमा वा शरीरमा अनावश्यक फोका आएमा करेलाको जरा पिसेर लगाउँदा निको हुन्छ । यदि यस्तो अवस्थामा करेलाको जरा भेटिएन भने करेलाको पात पिसेर घाउँ भएको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ भने घाउ पनि छिट्टै निको हुन्छ ।
पत्थरीको समस्या भएमा करेलाको रस सेवन गर्नुपर्छ । यसले पत्थरी निकाल्न मद्दत गर्छ । ताजा करेलाको सेवनले पत्थरीको समस्यामा राहत दिन्छ ।
कानको दुखाइमा करेलाको रस निकालेर ४ थोपा हाल्दा कान दुख्ने समस्या कम हुन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ