
गुल्मीमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ

गुल्मीमा केही दिन अघि घरमा मृत फेला परेका एक बृद्धको हत्याको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका थिए।
प्रहरीले अनुसन्धानका क्रममा उनकी ४२ वर्षीया कान्छी बुहारी मनकला ज्ञवालीले हत्या गरेको आशंकामा पक्राउ गरि फागुन ९ गते अदालतमा म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट छ ।
त्यस वडाका वडाध्यक्ष शेषनारायण पौडेलसँग बुझ्दा एउटै घरको दुई अलग– अलग कोठामा ससुरा–बुहारी बस्ने गर्दथे । उनै बुहारीले नै जेठाजुमार्फत् ससुरा मृत फेला परेको जानकारी दिएकी थिइन् ।
‘खबर आएपछि त्यस दिन साँझ १० बजेतिर म पनि त्यस घरमा गएको थिए ।
प्रहरीलाई बुहारीले खै के बयान दिइन् थाह भएन,’ वडाध्यक्ष पौडेलले भने ।
उनका अनुसार आरोपित बुहारीका श्रीमान् भैरहवातिर नोकरी गरेर बस्ने गर्दथे । अहिले बाबूको काजकिरिया गर्न घर आएका छन् ।
मृतककी श्रीमती नभएका कारण ससुरा एक्लै बस्थे । बुहारीका एक छोरा भारतमा छ्न् । चारवटी छोरीको विवाह भइ सकेको छ । घर एकान्तमा भएकोले झै झगडा सुन्ने पनि कोही नपाइएको वडाध्यक्ष पौडेलको भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ