नेपाल औषधि व्यवसायी संघ गण्डकीमा पाण्डे

पोखरा । नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा कृष्ण पाण्डे निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा अध्यक्ष पाण्डेले ७१ मत पाएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी रामबहादुर केसीले ३९ मत पाएका थिए भने अर्को प्रतिद्वन्द्वी चिरञ्जिवी द्धावाले ११ मत पाएका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा शिव बहादुर केसी ६० मत ल्याएर विजयी भएका छन् । तीन जनाको उम्मेदवारी परेको वरिष्ठ उपाध्यक्ष पदमा मेघनाथ काफ्लेले ४४ र डण्डपाणि शर्माले १९ मत ल्याएर पराजित भएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा झलक शर्माले ८१ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी महेश्वर पोखरेलले ४२ मत पाएका छन् । त्यसैगरी उपाध्यक्ष खुद्रातर्फ दयानिधी पौडेल ८४ मतले विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी भूपति गुरुङले ३९ मत पाएका छन् ।
त्यस्तै महासचिवमा केशरी प्रसाद तिवारी ७० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी रामचन्द्र रेग्मीले ४७ मत पाएका छन् । कोषाध्यक्षमा लक्ष्मीप्रसाद पराजुली र सचिवमा चेत नारायण पाण्डे निर्विरोध निर्वाचित भएका छन् । उप कोषाध्यक्षमा अजित कुमार अग्रवाल ६७ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी मोहन बहादुर थापाले ४२ मत पाएका छन् ।
त्यसैगरी खुल्ला तर्फ सदस्यहरूमा कमला भण्डारी १ सय, डोलराज थापा ६०, दामोदर भण्डारी ७० र नरहरि पनेरु ५८ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै थोक तर्फको सदस्यमा हरिप्रसाद शर्मा, निराजन विक्रम राणा निर्विरोध निर्वाचित भएका छन् । खुला तर्फको सदस्यमा यज्ञप्रसाद शर्मा, विष्णु भण्डारी र महिलातर्फ धनुदेवी पिया निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म