
सेयर बजारमा ३२.६७ अंकको गिरावट, निफ्राले कमायो सबैभन्दा बढी

सेयर बजारमा सोमबार ३३.६७ अंकको गिरावट आएको छ । ८ अर्ब ४० करोड कारोबार भएको सेयर बजार २६०७.६७ बिन्दुमा अडिएको छ ।
यस दिन जलविद्युत र अन्य समुह बाहेक बाँकी सबै समुहमा गिरावट आएको छ । घटेको सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा बढी कमाएको छ ।
यसको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । आज यसको सेयर मूल्य प्रति सेयर ६ सय ६० रुपैयाँ काम भएको छ । ६ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि वृद्धि भएको छ भने निफ्रा सहित २ वटा कम्पनीको भाउ १० प्रतिशतले बढेको छ ।
खरिद बिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसको ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ